एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको
थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस
गर्यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र
पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "
**
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
**
राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।
श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?
राम : अ, उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्यो ।
**
एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
Kokla - FB Pages
Saturday, October 19, 2013
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment